र्‍यापर हाकिम र ब्रिजेशले ल्याए ‘चिसो चिसो हावाले’


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०८१
2.7K
SHARES

१४ मंसिर काठमाडौं । र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतिमा तयार भएको र्‍याप ‘चिसो चिसो हावाले’ सार्वजनिक गरेका छन् । र्‍यापको अडियो गायक श्रेष्ठले तयार गरेका हुन् । गीतको भिडियोमा गायक श्रेष्ठ, र्‍यापर हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतको अभिनय छ ।

सार्वजनिक गीतले त्रिकोणात्मक प्रेमलाई दर्शाउने गायक श्रेष्ठले बताएका छन् । गीत सार्वजनिक कार्यक्रममा र्‍यापर गिरिश खतिवडाले र्‍यापको माहोल राम्रो बनिरहेको बताए ।