मेरिटोक्रेसी तोड्न सरकारले निकै ठूलो दबाब दिइरहेको छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०८१
2.8K
SHARES

२८ मंसिर काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सरकारले गरेका सुधारका काम अहिलेको सरकारलाई घाँडो भएको बताएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–८, विधाङको कालिका माध्यामिक विद्यालयमा आयोजित एकीकृत छात्रावास समुद्घाटन एंव चैलिङ नमुना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

“मैले शिक्षाको सुधारका लागि शिक्षा विधयेकमा सहमति कायम गराएर अगाडि बढाए , त्यति मात्रै होइन राजनीतिक भागबन्डा गरेर विश्वविद्यालयहरूमा भीसी, रेक्टर, रजिस्टार, डिनहरू नियुक्ति गर्दा विश्वविद्यालयको गुणस्तर पूरै खस्कियो । विद्यार्थीहरू देश छोडेर विदेश पलायन भए । विश्वविद्यालयहरूमा तालाबन्दी, नाराबाजी, अराजकताको स्थिति आइरह्यो,” प्रचण्डले भने “त्यो अराजकता तोड्न मैले शिक्षामा सुधारको जोखिम उठाउनुपर्छ भनेर मेरिटोक्रेसीका आधारमा भीसी, रेक्टर, रजिस्टार र डिनहरू नियुक्त गर्ने प्रक्रिया आगाडि बढाए । अहिलेको सरकारलाई त्यो घाँडो भएको छ ।”