विद्यार्थीलाई सिटिजन्स बैंकद्वारा न्यानो कपडा सहयोग


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १४ २०८१
2.1K
SHARES

१४ पुस काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिका १ विच्छयाँमा अवस्थित विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेको छ ।विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो ।

विद्यालयमा अयोजित एक कार्यक्रमका बीच इसिडी र कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत २११ विद्यार्थीहरुलाई बैंकले स्वेटर प्रदान गरेको हो ।विकट हिमाली भेगका न्यून आय आर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महिनामा न्यानो स्वेटर उपलब्ध गराउनाले उनीहरुको पठनपाठनमा सहजता आउने विश्वास बैंकले लिएको छ ।आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।