३ अर्ब ६५ अर्ब लगानी गर्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १७ २०८१
2.5K
SHARES

१७ पुस काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ३ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै विभिन्न कोषमा रहेको ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो ।

केन्द्रीय बैंकल ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५४ करोड ८८ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड १९ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले पुस १८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०२५ जनवरी १६ देखि २०२६ जनवरी १७ सम्म ३६७ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।