सुनको मूल्यमा गिरावट


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २१ २०८१
2K
SHARES

२१ पुस काठमाडौं। आज सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो। गएको बुधबार, बिहीबार र शुक्रबार गरेर तीन दिनमा तीन हजार नौसय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको हो। सुनको मूल्य आज प्रतितोला एकलाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर एक लाख ५३ हजार पाँचसय रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्य भने स्थितर छ। शुक्रबार प्रतितोला २० रुपैयाँ बढेर चाँदीको मूल्य एक हजार आठसय १० रुपैयाँ कायम भएको थियो। आज पनि सोही मूल्यमा चाँदी स्थिर रहेको हो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।