जुलाइसम्मको विद्यार्थी भिसाका लागि अमेरिकी दूतावासले तोक्यो ‘अपोइन्टमेन्ट डेट’
६ माघ काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले आगामी जुलाईसम्मका लागि विद्यार्थी भिसाको अपोइन्टमेन्ट डेट सार्वजनिक गरेको छ । आइतबार दूतावासले जुलाइ महिनासम्मका लागि चार वटा स्लटसहितको मिति तोकेको हो । जसअनुसार अप्रिलको भिसाका लागि जनावरी २२ मा, मेईका लागि मार्च १३, जुनका लागि अप्रिल १७ र जुलाइका लागि मेई १५ को अपोइन्टमेन्ट डेट खुला गरिएको छ । त्यसका लागि बिहान ८ बजेदेखि अनलाइनमार्फत डेट फिक्स गर्न सकिनेछ ।
गत वर्षदेखि दूतावासले भिसाको लागि डेटमा सहजताका लागि भन्दै ‘अपोइन्टमेन्ट डेट’ को स्लट छुट्याउँदै आएको छ । अझैपनि कतिपयले भिसाका लागि डेट पाउन नसकेको गुनासो गर्दै आएका छन् ।
