कैलालीमा विद्यालयको गेट भत्किँदा एक जना बालकको मृत्यु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०८१
2.5K
SHARES

११ माघ काठमाडौं । कैलालीमा विद्यालयको गेट भत्किँदा एक जना बालकको मृत्यु भएको छ ।शुक्रबार कैलारी गाउँपालिका-९, गदरियास्थित जनता माध्यमिक विद्यालयको गेट भत्किँदा सोही ठाउँका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको मृत्यु भएको हो । विद्यालयको मैदानमा विद्यार्थीहरू खेल्ने क्रममा गेट भत्किएपछि रानाको टाउकोमा चोट लागेको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, सोही ठाउँका मुकेश चौधरीका ८ वर्षीय छोरा समिर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।