‘मेटु भन्छु केरकार पारी’ सार्वजनिक
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ २० २०८१
3K
SHARES
२० माघ काठमाडौं । गायक साइराज खातीले नयाँ गीत ‘मेटु भन्छु केरकार पारी’ सार्वजनिक गरेका छन् । गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन् ।
सुवास भुषालले गीतमा संगीत गरेका छन् । गीतले देशमा बढ्दो बेरोजगारीको कारण प्रेम र सम्बन्धहरू क्रमशः चिसिँदै गएको यथार्थलाई चित्रण गरिएको छ ।
भिडियोमा अन्जना बराइलीको अभिनय छ । बराइलीको अपोजिटमा गीतकार तथा कलाकार दियाली छन् । विशाल थापाको छायांकन रहेको म्युजिक भिडियोलाई गणेश शाहीले निर्देशन गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट