२०८५ सम्म सबै नागरिक साक्षर नभए सरकारी सुविधा प्राप्त नहुने प्रावधान छ – प्रचण्ड
१६ फागुन सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानूनी प्रावधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन् ।
सप्तरीको खडक नगरपालिकाले आजदेखि सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान सुरु गर्दै संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरेको तथ शिक्षालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गरे ।
अनिवार्य शिक्षासम्बन्धी ऐनले विसं २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न नसके सरकारी सुविधा समेत प्राप्त गर्न नसक्ने व्यवस्था गरेकाले यसमा सबै स्थानीय तहको बेलैमा ध्यान जानुपर्ने बताए ।