गेटामा मेडिकल विश्वविद्यालय बन्छ – प्रधानमन्त्री ओली
२५ फागुन कैलाली । प्रधामन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम सम्भावनाले निकै अगाडि रहेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले प्रचुर सम्भावना हुँदा पनि प्रदेश पछाडि रहेको भन्दै अब त्यस्तो परिचय बदल्नु पर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् ।
यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’
दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लाग्नु पर्ने उनको भनाइ थियो । दार्चुला उत्तरी क्षेत्रसम्म पुग्न सकस भएको भन्दै छाङग्रुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको बताए ।
‘अहिले पाँच करोड विनियोजन गरेका छौं । पारीको बाटोबाट जाँदा नेपालीहरुले दुःख पाएका छन् । अहिले गोरेटो बाटो निकालेपछि पक्की सडकको लागि बजेट विनियोजन गरेर तक्लाकोटसम्म जाने बाटो बनाउँछौं’, उनले भने ।गेटामा मेडीकल विश्वविद्यालय बनाउन यही वर्षबाट पढाइ सुरु हुने प्रधामन्त्री ओलीले दाबी थियो ।