विमानमा आगलागी, विमानस्थल बन्द


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ३० २०८२
1.6K
SHARES

३० असार काठमाडौं । बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो । विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत भएको पुष्टि भएको छैन ।विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने बताएको छ ।

डच उड्डयन कम्पनी ज्यूस एभिएसनले दुर्घटनाग्रस्त उडान एसयूजेडवान आफ्नो भएको पुष्टि गरेको छ ।कम्पनीले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएको छ ।