अछामका धामी NRNA रसियाको सचिबमा निर्बाचित


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १२ २०८२
13.2K
SHARES

१२ साउन काठमाडौं । हालै सम्पन्न निर्वाचनबाट गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिवमा अछामका खगेन्द्र धामी चयन भएका छन्। निर्वाचनबाट सचिवको जिम्मेवारी सम्हाल्ने अवसर दिेएकोमा सचिब धामीले सबैलाई आभार प्रकट गरेका छन्।

उनले आफूलाई प्राप्त सम्मान र जिम्मेवारीलाई गर्वका साथ ग्रहण गर्दै एकताको भावना, समर्पण र लक्ष्यप्रति प्रतिवद्ध भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त  गरेका छन्। “हामी सँगै अगाडि बढ्नेछौं — युवा नेतृत्व, नयाँ सोच, र उज्यालो भोलिको लागि”, भन्ने मूल नाराका साथ सचिव धामीले संस्थामा नयाँ उर्जा र नेतृत्व शैली ल्याउने विश्वास व्यक्त गरेका छन्।

उनको नेतृत्वमा NRNA रुसमा युवा सहभागिता, नयापन, र समृद्ध नेपालको अभियानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। NRNA मार्फत बिदेशमा रहेका नेपालीहरुको शिप र दक्षातालाई पनि नेपाल संग जोड्ने बताएका छन् । उनले  भने आर्थिक नैतिक र विभिन्न शिप र दक्षातालाई नेपालमा जोड्दा नेपालमा रोजगारी र देशको अर्थतन्त्रमा नै टेवा पुग्ने समेत बिश्वास रहेको छ उनले भने ।

पछिल्लो समय नेपाल बाट मानिसहरु बिदेशिया भन्ने भान परि राखेको अवस्थामा विदेशबाट शिप र दक्षाता सहित नेपाल आउने स्थिती पनि बन्दै छ , यसमा नेपाल सरकारले त्यस्ता व्यक्तिहरुलाई आउने वातावारण पनि सरकारले बनाउनु पर्ने हामीले NRNA मार्फत के कस्तो भूमिका खेल्न पर्ने हो त्यसको लागि तयार छौ ।