महाकालीमा बहाव बढ्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन १९ २०८२
2K
SHARES
१९ साउन काठमाडौं । नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ ।
सोमबार (साउन १९) बिहान करिब ८ बजे त्यहाँ महाकालीको बहाव एक लाख नौ हजार ९८० क्युसेक प्रतिसेकेन्ड पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट