करेन्ट लागेर मृत्यु
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २१ २०८२
3.3K
SHARES
२१ साउन विराटनगर । झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मंगलबार गौरादह नगरपालिका-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट