नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २१ २०८२
3.3K
SHARES

२१ साउन काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएकाे छ । दुई नेताबीच बुधबार श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा छलफल भएकाे हाे ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकतालगायत विषयमा छलफल भएकाे नेताहरूले बताएका छन् । माओवादीकाे केन्द्रीय समिति बैठकले विप्लवकाे पार्टीसँग एकताकाे निर्णय गरेकाे छ ।