कोलकातामा मल रोकिंदा नेपालमा अभाव – कृषिमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२
2.8K
SHARES

२९ साउन काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही कमजोर हुनुमा विधि कारण रहेको बताए ।पहिलो कारणमा मूल्य वृद्धि हुनु रहेको बताए । दोस्रो कारणमा उनले भने, ‘निरन्तरको वर्षाले कोलकाता पोर्टमा मल अनलोड गरी ब्यागिङ गरी रेलमा लोड गर्ने कार्य सुस्त रुपमा हुनु खिएको छ ।’

उनका अनुसार अहिले पनि मल होल्ड भएर रहेको छ । उनले भनेका छन्, ‘अहिले पनि मल लोड भएको तीन वटा जहाज कोलकाता पोर्टमा होल्ड भएको छ । कोलकाता पोर्टको जाम नहटेकोले खरिद गरिएको ६० हजार टन युरिया समेत आउन सकेको छैन ।’