जाजरकोट–डोल्पा सडक अवरुद्ध


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
3.6K
SHARES

१ भदौ काठमाडौं । दैलेखमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आठबिस नगरपालिका–४, खिड्की जिउलानजिक सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार (भदौ १) बिहान करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको हो । अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जाजरकोट–डोल्पा सडक अवरुद्ध
जाजरकोटमा पनि सडक अवरुद्ध छ । नलगाड नगरपालिका–८ र ९ को सीमामा जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।आइतबार बिहान करिब साढे ८ बजे उक्त स्थानस्थित तात्रागाड खोलामा पानीको बहाव बढ्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नलगाड–११, चौखा खोलामा पनि जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध छ । अविरल वर्षासँगै आइतबार बिहान करिब साढे ६ बजे उक्त स्थानस्थित खोलामा पानीको बहाव बढ्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।