फर्स्ट माइक्रोफाइनान्सद्वारा मेडिकल सामाग्री हस्तान्तरण


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
1.7K
SHARES

१ भदौ  काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत ललितपुरस्थित नेपाल हृदय रोग निवारण प्रतिष्ठानलाई १ थान ECG मेसिन हस्तान्तरण गरेको छ। प्रतिष्ठानकै भवनमा करिब १०० जना सहभागीबिच उक्त हस्तान्तरण कार्यक्रममा भव्य रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने सभापतिमा गर्नु भएको थियो भने, संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले फर्स्ट माइक्रोफाइनान्सले वित्तीय पहुँचसँगै शिक्षा, स्वास्थ्य र सामुदायिक विकास क्षेत्रमा सातै प्रदेशमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो। साथै, उहाँले उक्त ECG मेसिनको प्रयोगबाट हृदय रोगबाट पीडित बिरामीहरूले समयमै परीक्षण तथा उपचार पाउने विश्वास व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वका गतिविधि आगामी दिनहरूमा पनि जारी रहने बताउनु भयो । कार्यक्रमको समापन गर्दै सभापति न्यौपानेले ECG मेसिनको उपलब्धताले हृदय रोग परीक्षण गर्न सरल हुने र विरामी उपचारमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।