अफगानिस्तानमा बस दुर्घटना, १७ बालबालिकासहित ७३ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ४ २०८२
1.6K
SHARES

४ भदौ काठमाडौं । अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १७ बालबालिका पनि रहेको बताइएको छ ।तालिबानका एक अधिकारीले बीबीसीलाई बताएअनुसार, मृत्यु हुनेहरूमा अधिकांश इरानबाट निकालिएका अफगानी आप्रवासी छन् ।तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्ताकीका अनुसार काबुल जाँदै गरेको बसमा आगलागी भएको थियो ।

बसमा सवार सबैको मृत्यु भएको छ । बससँग ठोक्किएका अन्य दुई सवारी साधनमा सवार दुईजनाको पनि मृत्यु भएको छ ।
पछिल्ला समय इरानले आफ्नो देशमा द्वन्द्वका कारण भागेर आएका अफगानीहरूलाई देशबाट निकाल्ने प्रक्रियालाई तीव्र बनाएको छ ।सन् १९७० को दशकदेखि लाखौँ अफगानीहरू इरान र पाकिस्तानमा भागेका थिए ।