आगलागीबाट नेपालमा वार्षिक सरदर ८० जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ४ २०८२
2K
SHARES

४ भदौ काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीबाट नेपालमा हरेक वर्ष ८० जनाको मृत्यु हुने गरेको छ । आगलागीबाट अर्बौंको धनसम्पत्ति जलेर नष्ट हुन्छ । यस्ता क्षतिबाट जोगिन सावधानी अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ ।

आगलागीका घटनाबाट कसरी जोगिने ? 
“खाना पकाइसकेपछि आगो, ग्यास चुल्हो, स्टोभ वा हिटर निभाइहाल्नुपर्छ । सिलिन्डरको रेगुलेटर, पाइप वा चुल्होबाट ग्यास लिक भएको छ/छैन ख्याल गर्नुपर्छ । ग्यास, पेट्रोलको गन्ध आए बेवास्ता गर्नु हुँदैन,” प्राधिकरणले भनेको छ ।

सलाई, लाइटरजस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराख्न आग्रह गर्दै प्राधिकरणले गोठमा कुँडो पकाइसकेपछि राम्ररी पानी छ्यापेर आगो निभाउनुपर्ने बताएको छ ।

“चुरोट, तमाखु, चिलिम, सुल्पा खानु हुँदैन । खाएमा यसको आगो राम्ररी निभाऔँ,” प्राधिकरले भनेको छ, “बिजुलीका तार, प्लग, स्वीच वा वायरिङ ठीक अवस्थामा छ/छैन नियमित जाँच गर्नुपर्छ ।”

जोखिममा रहेको घर वा बस्तीनजिकै पोखरी, ट्यांकी वा अरु कुनै तरिकाले पानीको जोहो गर्न र  सेउला, माटो, बालुवा थुपारेर राख्न पनि प्राधिकरणले आग्रह गरेको छ ।