अरनिको राजमार्ग अवरुद्ध


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ५ २०८२
1.5K
SHARES

५ भदाै काठमाडौं । काभेपलाञ्चोकमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका–८, तिरतिरे धारामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिहीबार (भदौ ५) बिहान करिब ९ः४० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बाटो खुलाउने पहल भइरहेको छ ।