मोटरसाइकल दुर्घटना : स्ववियु सभापतिसहित २ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ११ २०८२
3.7K
SHARES

११ भदौ काठमाडौं । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री (सुजन) र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

शिरिस गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसमेत हुन् । श्याम भने जिल्ला सदरमुकाम चरिकोटस्थित एक होटलमा कार्यरत थिए ।प्रहरीका अनुसार बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल चढेर काठमाडौंबाट चरिकोटतर्फ जाँदै गर्दा उनीहरु बा.प्र.०२–०३४ प ३२४२ नम्बरको अर्को मोटरसाइकलसँग  ठोक्किएका थिए । मोटरसाइकल गएराति ९ बजेदेखि १० बजेको बिचमा ठोक्किएको अनुमान प्रहरीले गरेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि च्छो रोल्पा अस्पताल चरिकोटमा पठाइएकोमा केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।