मनाङमा पनि कात्तिक १७ गते नै उपचुनाव गर्ने निर्णय
१३ भदौ काठमाडौं । मनाङ प्रतिनिधि सभा १ को प्रदेशसभा २ मा कात्तिक १७ मै उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको शुक्रबारको बैठकले उपचुनावको मिति निर्धारण प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव पनि यही मितिमा हुँदैछ ।यहाँ ७९ मा राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्चको आदेशसँगै उनी उम्मेदवार बन्न अयोग्य ठहरिएका छन् ।
संवैधानिक इजलासले उनको पद २०८१ कात्तिक २० गतेदेखि रिक्त भएको ठहर गरेको थियो ।साथै, आयोगले यस उपनिर्वाचनका लागि भदौ २५ मा अद्यावधिक भई प्रकाशित अन्तिम मतदाता नामावली प्रयोग गर्ने निर्णय समेत गरेको छ । यसमा मतदाता बन्नको लागि २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष पुग्नुपर्नेछ ।
निर्वाचन आयोगले उपउपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिबद्धता जनाउँदै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य र सहयोगको अपील गरेको छ ।