पहिरोले पुल पुरियो, मध्यपहाडी राजमार्ग अवरुद्ध
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १५ २०८२
1.4K
SHARES
१५ भदौ रुकुम पश्चिम । पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम पश्चिमखण्ड अवरुद्ध भएको छ । चौरजहारी नगरपालिका–८, कालेखोलामा पहिरो खसेपछि उक्त सडक आइतबार (भदौ १५) बिहानदेखि अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार, पहिरोले खोलाको पुल पुरेको छ । पहिरो पन्छाउन उपकरणसहितको टोली परिचालन गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट