जुम्लामा जिल्ला समन्वय समितिको कम्पाउन्डभित्र भेटियो ‘सकेट बम’


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २२ २०८२
1.1K
SHARES

२२ भदौ सुर्खेत । जुम्लामा जिल्ला समन्वय समितिको कम्पाउन्डभित्र ‘सकेट बम’ भेटिएको छ । शनिबार (भदौ २१) बेलुका समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख एवं एसपी रविनबाबु रेग्मीले जानकारी दिए ।

सकेट बम फेला पर्नेबित्तिकै नेपाली सेनालाई समेत जानकारी गराइएको थियो । मोटो जीआई पाइपबाट बनाइएको जस्तो देखिने उक्त बम निष्क्रिय पार्न यति बेला घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको छ ।समन्वय समितिको नयाँ भवन बनाउन लागिएको छ । उक्त भवन बनाउने क्रममा सकेट बम भेटिएको हो ।