सुन्धारा र नख्खु कारागारबाट भागेका कैदी खोज्दै प्रहरी


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२
1.6K
SHARES

२६ भदौ काठमाडौं । केन्द्रीय कारागार सुन्धारा र नख्खु कारागारबाट भागेका कैदीलाई प्रहरीले खोज्न थालेको छ । जेनजीको प्रदर्शनका क्रममा देशभर आगजनी र तोडफोड हुन थालेपछि सुन्धारा र नख्खु कारागारबाट कैदीबन्दी भागेका थिए । सुन्धारा र नख्खु कारागारसँगै अन्य जिल्लाका कारागारबाट भागेका कैदीको पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझी, बेचन झासहित तीन हजार कैदी भागेका थिए । मंगलबार बेलुका उनीहरू कारागारबाट बाहिरिएका थिए । नख्खु कारागारबाट रवि लामिछानेलगायत निस्किएका थिए ।  जेलको गेटमा आएर प्रदर्शनकारीले प्रदर्शन गर्दै गेट खोलिदिएपछि सबै कैदी बाहिरिएका थिए ।