नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ३० २०८२
1.4K
SHARES

३० भदौ काठमाडौं। पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, चितवनको इच्छाकामना गाउँपालिका–५, तुइनखोलानजिकै पहिरो खसेपछि सोमबार (भदौ ३०) बिहान ९ बजेदेखि सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको थियो । सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

वर्षाको समयमा यो क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुँदा सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।