एक्लिँदै इजरायल


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २ २०८२
1.3K
SHARES

२ असोज काठमाडौं । गाजामा युद्ध जारी रहँदा इजरायल अन्तर्राष्ट्रियस्तरमा क्रमशः एक्लिँदै गएको देखिन्छ ।विश्लेषकका अनुसार, इजरायल हाल ‘रंगभेद’कालमा दक्षिण अफ्रिकाले भोगेको जस्तै परिस्थितितर्फ धकेलिँदै छ । त्यति बेला राजनीतिक दबाबसँगै आर्थिक, खेलकुद र सांस्कृतिक क्षेत्रमा बहिष्कारले दक्षिण अफ्रिकालाई आफ्नो नीति बदल्न बाध्य पारेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी सरकारले गाजा र कब्जा गरिएको वेस्ट बैंकमा आफ्ना लक्ष्य पूरा गर्दै अन्तर्राष्ट्रिय प्रतिष्ठामा स्थायी क्षति नपुर्‍याई कूटनीतिक संकट पार गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न यति बेला चासोको विषय बनेको छ ।