चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा
२ असोज काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिहीबार (असोज २) चाडपर्वलक्षित नागरिक सहायता कक्ष उद्घाटन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले नागरिक सहायता कक्षको उद्घाटन गरेका हुन् ।
नयाँ बसपार्कसहित उपत्यकाका १५ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव टेकनाथ गौतमले जानकारी दिए ।उपत्यकाका चाबहिल, गौशाला, बल्खु, कलंकीसहित काभ्रेको बनेपामा पनि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले बताए ।