सबैका लागि तलेजु भवानी मन्दिर खुला


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १५ २०८२
2K
SHARES

१५ असोज काठमाडौं । सबैका लागि पूजाआजा एवं दर्शन गर्न तलेजु मन्दिर खुला गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने यस मन्दीर यस वर्ष पनि सबैका लागि खुला गरिएको हो ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन् । तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।