अझै खुलेन नागढुंगा नाका


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १९ २०८२
1.8K
SHARES

१९ असोज काठमाडौं । लगातारको बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि नागढुंगा नाका अहिले पूर्णरूपमा बन्द रहेको छ । यस कारण नाकामा सवारी आवागमन छैन ।

राजधानी प्रवेश गर्ने नाका बन्द भएपछि केही यात्रु काठमाडौंको नाकासम्म आइपुगेका छन् । उनीहरूले घाम लाग्दा पनि काठमाडौं प्रवेश गर्न नदिएको भन्दै सुरक्षाकर्मीहरूसँग आक्रोश पोखेका छन् । राजमार्गहरूमा अवरोध कायमै रहेकाले यात्रुहरूको आवातजावत बन्द गरिएको हो ।