आजको सार्वजनिक बिदा खारेज


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २० २०८२
2.3K
SHARES

२० असोज काठमाडौँ । राजधानीका दुई जिल्ला काठमाडौँ र ललितपुरमा सोमबार (आज) का लागि दिइएको सार्वजनिक बिदा खारेज गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति छुट्टाछुट्टै सूचना जारी गर्दै साेमबार असोज २० गते बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका छन्।

लगातारको वर्षाका कारण उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न गत असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, मौसममा सुधार आएपछि र जोखिमको अवस्था टरिसकेकाले दुवै जिल्लाका प्रशासन कार्यालयहरूले बिदा खारेज गरेका हुन्।