नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२
1K
SHARES

९ कात्तिक काठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि गराउने तयारी गरिएको छ ।प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो ।

यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो ।स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र  बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।

उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले जानकारी दियो ।  स्रोतले दिएको जानकारीअनुसार दिउँसो २ बजेपछि शपथको व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।“२ बजेपछि भनिएको छ ।