नवनियुक्त दुई मन्त्रीले लिए शपथ
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक ९ २०८२
1.1K
SHARES
९ कार्तिक काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार शीतलनिवासमा स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु गुप्ताले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।
यसअघि, मन्त्री नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरिएको थियो । तर, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ अन्तिममा आएररोकिएको थियो ।सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई भूमि सुधारमा सिफारिस गरिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट