सिंगापुर जाँदै देउवा


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८२
2.4K
SHARES

१० कार्तिक काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर जाने भएका छन् ।भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती उपचारको लागि सिंगापुर जान लागेका हुन् ।

सभापति देउवा थप उपचारको लागि सिंगापुर जान लागेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।उनले भने, ‘उपचारको लागि उहाँ सिंगापुर जाने तयारी छ । केही दिनमा जानुहुन्छ ।’

प्रदर्शनकारीको आक्रमणमा परेका देउवाको गर्धनमा १२ टाँका लगाइएको थियो । आन्दोलनको एक महिनापछि पार्टी बैठकमै आएर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।