अन्तत: दल दर्ता गर्दै विप्लव


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८२
1.3K
SHARES

११ कात्तिक काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएको छ ।दल दर्ताका लागि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा पौने १ बजे दल दर्ताका लागि आयोगमा जान लागेको उक्त पार्टी एक स्थायी समिति सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।

नेकपाले केही समय अघि नै स्थायी समिति कर्णजित बुढाथोकीको संयोजकत्वमा केन्द्रीय सदस्य एवं काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल रहने गरी ३ सदस्यीय पार्टी दर्ता गर्न समिति बनाएको थियो ।नेकपा नाममा यस अघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेकाले पार्टीको नाम समेत परिवर्तन गर्ने गरी पार्टी दर्ताको तयारी छ ।