फुट्यो विप्लव नेतृत्वको पार्टी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
2.1K
SHARES

१४ कात्तिक काठमाडौं । विप्लव नेतृत्वको नेकपा फेरि पनि फुटेको छ । आजै सम्पन्न भेलाले पार्टीका पोलिटव्यूरो सदस्य चिरन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । राष्ट्रिय भेलाले छिट्टै एकतामा आउन नेकपाका महासचिव विप्लवसहितका अन्य विभिन्न समाजवादी मोर्चामा रहेका दललाई क्रान्तिकारीका विचमा एकता गर्ने निर्णय गरेको भेला लगत्तै महासचिव सीले बताए ।

उक्त पार्टीको प्रवक्ताको जिम्मेवारी जितेन्द्र सीलाई दिइएको छ । भेलाले गरेका निर्णयबारे शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइने महासचिव सीले बताए ।