प्रचण्डलाई नेतृत्व छाड्नुहोस् भनेको छु, म पनि बस्दिनँ – अध्यक्ष नेपाल
१४ कार्तिक काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता घोषणा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू नेतृत्वमा नबस्ने दाबी गरेका छन् ।
पार्टी बैठकमा समापन मन्तव्य राख्दै उनले प्रचण्डलाई आफूले नेतृत्व छाड्न आग्रह गरेको र आफू पनि नबस्ने दाबी गरे । उनले भने- ‘मैले प्रचण्डलाई ३६/४० वर्ष भयो नेतृत्व छोड्नुहोस् भनेको छु । म पनि संसार घुम्न मन छ । नेतृत्वमा बस्दिन । विप्लवलाई हाम्रो अझै पनि ढोका खुला छ । मैले महासचिव हुनुस् भनेको थिएँ उहाँले मान्नुभएन ।’
यस्तै उनले एकताको कुरा आफूले सुटुक्क गरेको नभई पार्टीको सचिवालय, स्थायी र कमिटीको निर्णय अनुसार वार्ता टोली बनाएर प्रक्रिया अगाडि बढाएको बताए ।