आफ्नै घर फर्किनुस् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
4.3K
SHARES

१४ कार्तिक काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले माओवादीसँग एकताको तयारी गरिरहँदा एमाले अध्यक्ष केपी ओलीले सबैलाई ‘आफ्नै घर फर्किन’ अपिल गरेका छन् ।नेकपा एसको नाम नलिइकन सामाजिक सञ्जालमार्फत उनले यस्तो अपिल गरेका हुन् ।

ओलीले भनेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता-कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईँहरूको पसिना र रगतले बनेको हो ।’