जनार्दन शर्माको यो शैली राम्रो भएन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १५ २०८२
2.1K
SHARES

१५ कार्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साताभित्र एकीकृत समाजवादीसँग पार्टी एकता हुने बताएका छन् । शनिबार (कात्तिक १५) पेरिसडाँडामा बसेको माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका हुन् ।

एकताका विषयमा नेता जनार्दन शर्माको असहमति भए पनि केन्द्रीय कमिटी बैठकसम्म पुग्दा सबै विषय मिल्ने उनले जिकिर गरे । बैठक सहज रूपमा सुरु हुँदा आफ्नो धारणा राखेर बाहिरिने शर्माको शैली राम्रो नभएको प्रचण्डले बताए ।उनले पार्टी नेतृत्वविरुद्ध शर्माले लगाएको आरोप अराजक भएको टिप्पणी गरे ।