एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०८२
3.3K
SHARES

१६ कात्तिक काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ ।आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिए ।

नेता सापकोटाका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ ।एकतापछि  नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ भने राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद–लेनिनवाद मात्र राखिने छ ।

एकता प्रक्रियामा रहेका दलका नेताहरुले एकता घोषणा गरी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी गरेका छन् ।  आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्न भनेको छ ।