जनार्दन आज आउनुभएन, एकदिन बाध्य हुनुहुनेछ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
1.5K
SHARES

१८ कात्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर हिँडेका जनार्दन शर्मा ढिलो चाँडो पार्टीमा आउनुको विकल्प नभएको बताएका छन्। प्रज्ञा भवनमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै शर्मा आफूहरूसँगै फर्किन बाध्य हुने बताए।

उनले बैठकमा भने, ‘जनार्दन आज नभए भोलि आउनुस्, पर्सि आउनुस् तर तपाई आउनुहुन्छ र एकदिन आउन बाध्य हुनुहुनेछ।उनले राष्ट्र संकटमा परेको बेला बृहत् वामपन्थी एकता आजको आवश्यकता भएकाले आफूहरूले एकता गरेको बताए।  शर्माले नयाँ राजनीतिक अवधारणासहित प्रगतिशील अभियान, नेपाल नामक राजनीतिक अभियानको घोषणा गरेका छन्।