अब नयाँ अभियानमा – नेता कार्की


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
1.9K
SHARES

१८ कात्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले नेताहरूले दिएको दर्ज्यानी चिह्न त्यागेर आएको बताएका छन् । मंगलबार (कात्तिक १८) ललितपुरको बखुण्डोलस्थित एक पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले यसअघि नेताले दिएका दर्ज्यानी चिह्न मिल्काएर अब कञ्चन हुने बाटोमा लागेको बताए ।  समाजवादप्रति प्रतिबद्ध नयाँ पुस्तालाई यस्ता दर्ज्यानी चिह्न त्यागेर एकीकृत समाजवादी अभियानमा जुट्न उनले आग्रह गरे ।

नेपालको कम्युनिस्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाइ छ । उनले भने, “जेनजीहरूको भावनाविपरीत भ्रष्टाचारको अभियोग लागेका नेताहरू एकताको पहल गरिरहेका छन् । नेपालमा दर्जनौँ पार्टीहरू छन् त्यसमा अर्को एक थान पार्टी एउटै नेताको वर्चस्व चल्ने पार्टी खोल्न खोजेको होइन ।”  पार्टी गठन गर्न नखोजेको उनले स्पष्ट पार्दै एकीकृत अभियान सुरु गरेको बताए । आफूहरूले प्रयास गर्दा गर्दै पनि नेतृत्व परिवर्तन गर्न नसकेकोमा क्षमायाचना गरे ।