भीम रावलसँग पनि एकताको कुरा सकारात्मक बनेको छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
2.5K
SHARES

१८ कात्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भीम रावलसँग पनि एकताका लागि छलफल भइरहेको जानकारी गराएका छन् । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आजै बिहानमात्रै रावलसँग महत्त्वपूर्ण छलफल भएको जानकारी गराएका हुन् ।

‘भीम रावल, झलनाथजी, घनश्यामजीसँग पनि कुराकानी भइरहेको छ । कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा विकसति भएको प्रमाणको रुपमा यो भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग नेता अग्निप्रसाद सापकोटाले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार, रावलसँगको छलफल सकारात्मक भएको र भोलि हुने एकता घोषणा सभामा सहभागी हुनसक्ने पनि प्रचण्डले बताएका छन् । माओवादी, समाजवादीसहित विभिन्न ९ घटकबीच भोलि एकता घोषणा हुँदैछ ।