नेतृ रामकुमारी झाँक्री एमालेमा फर्किदै


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२
2.4K
SHARES

१९ कार्तिक काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले  बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।

‘हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ,’ श्रेष्ठले भने । आजै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्दैछन् ।