रुसको तेल ट्यांकरमा युक्रेनले गर्‍यो ड्रोन प्रहार


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२
1.1K
SHARES

१४ मंसिर काठमाडौं । युक्रेनको नौसेना ड्रोनले कालो सागरमा यात्रा गरिरहेका रुसको स्याडो फ्लिटसँग सम्बन्धित दुई तेल ट्यांकरमा आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। प्रमाणित भिडिओमा पानीमुनि ड्रोन छालहरूलाई चिर्दै जहाजतिर गएको र त्यसमा ठोकिँदै विस्फोट भएको देखिएको बीबीसीले जनाएको छ।

टर्कीका अधिकारीहरूका अनुसार, निसाना बनाइएका ट्यांकर नाम काइरोस र विराट नामका हुन्। दुवैले गाम्बियाको झण्डा फहराएका छन्। दुवै ट्यांकरमा शुक्रबार टर्कीको तटमा आक्रमण गरिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार विराटलाई फेरि निसाना बनाइएको थियो। यद्यपि यस आक्रमणमा कुनै हताहत भएको छैन।

यो आक्रमणले युक्रेनले अब रुसको तेल राजस्वलाई कमजोर पार्ने प्रयास गरिरहेको देखिन्छ, जुन युक्रेनमा चलिरहेको युद्धलाई निरन्तरता दिन महत्त्वपूर्ण मानिन्छ।रिपोर्टहरूका अनुसार, यी दुई जहाज रुसको स्याडो फ्लिटका हिस्सा हुन्। जसको प्रयोग रुसले पश्चिमी प्रतिबन्ध छल्न प्रयोग गर्ने सयौँ ट्यांकरलाई जनाउँछ।