इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली यात्रुका लागि ट्रान्जिट डेस्क


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १७ २०८२
1K
SHARES

१७ मंसिर काठमाडौं । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले तेस्रो मुलुकतर्फ यात्रा गर्ने नेपाली यात्रुका लागि विशेष ट्रान्जिट डेस्क सञ्चालनमा ल्याएको छ । यो नयाँ सुविधा नेपाली नागरिकका लागि ट्रान्जिट प्रक्रिया सहज बनाउने, अनावश्यक ढिलाइ कम गर्ने र अन्तर्राष्ट्रिय यात्रा झनै सरल बनाउने उद्देश्यले तयार गरिएको हो ।

नेपाली दूतावासको समन्वयमा सञ्चालन भएको उक्त डेस्कले यात्रुको यात्रा कागजातको प्रमाणीकरण, मार्गनिर्देशन तथा सुरक्षासम्बन्धी आवश्यक सहयोग प्रदान गर्नेछ ।  पछिल्ला वर्षमा गल्फ, युरोप, अमेरिका र विभिन्न एसियाली मुलुकतर्फ दिल्ली हुँदै यात्रा गर्ने नेपालीको संख्या बढ्दै गएसँगै कागजात अभाव वा त्रुटिका कारण उडान नपाइने जस्ता समस्या रोक्न यो सुविधा प्रभावकारी बनाउन डेक्स सन्चालनमा ल्याइएको हो ।नयाँ ट्रान्जिट डेस्कले नेपाली यात्रुहरूको अन्तर्राष्ट्रिय यात्रामा सुरक्षा, गति र सहजता थप वृद्धि गरेको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।