एन आई सी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
2.9K
SHARES

११ पुस काठमाडौं । एन आई सी एशिया बैंकले अशोक कुमार अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरीसकेका छन् ।

यस अघि अध्यक्ष पदबाट तुल्सीराम अग्रवालले राजीनामा गरेपछि सो बैंकमा अध्यक्ष पद रिक्त थियो । नव नियुक्त अध्यक्ष अग्रवालले नेपालको बैंकवित्त क्षेत्र, बीमा लगायतमा लामो अनुभव हासिल गरेका छन् । बैंकले उनीबाट बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने विश्वास लिएको छ ।