प्रभु बैंकका सीईओ शेरचनलाई रिहा गर्ने निर्णय


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
2K
SHARES

११ पुस काठमाडौँ । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।  विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिइन् ।

‘उहाँलाई अब म्याद थप नगर्ने निर्णय भएको हो । उहाँलाई हाजिरी जमानीमा रिहा हुनुहुनेछ’ उनले भनिन् ।  उनी मंसिर १४ गते पक्राउ परेका थिए । २७ दिनको हिरासत बसाइँपछि उनी रिहा भएका हुन् ।