घट्यो सुनचाँदीको मूल्य


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस १५ २०८२
2.1K
SHARES

१५ पुस काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लागेको सुनचाँदीको भाउ आज भने ओरालो लागेको छ ।

सुन आज एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेर उकालो लागेको सुनको मूल्यमा ब्रेक लागेको हो । सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य ७ हजार ९ सयले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज एकैदिन तोलामा ३०५ रुपैयाँले घटेको छ ।आज ४ हजार ९० रुपैयाँ कायम भएको छ भने हिजो ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।